२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो



अ+ अ-

काठमाडाैँ । श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स) र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले भविष्यप्रति जोखिम रहेको एक अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीले बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै सञ्चार विभागकी निर्देशक जुली कोज्याकले श्रीलंकाको सुधार कार्यक्रमले चक्रवात डिटवाहको प्रभावका बाबजुद उल्लेखनीय प्रगति गरेको बताइन्। उनका अनुसार सन् २०२५ मा श्रीलंकाको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२६ को फेब्रुअरीमा मुद्रास्फीति करिब १.६ प्रतिशत रहेको छ। साथै, देशको ऋण पुनर्संरचना लगभग पूरा भइसकेको र वैदेशिक मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको उनले जानकारी दिइन् ।

उनले आगामी मार्च १२ देखि चैत २६ सम्म एक टोली श्रीलंकाको भ्रमणमा जाने र आर्थिक नीतिबारे छलफल गर्ने बताइन् । उक्त भ्रमणको उद्देश्य विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाँचौँ र छैटौँ समीक्षा पूरा गर्नु रहेको छ।

साथै, उक्त टोलीले श्रीलंकाली अधिकारीहरूसँग भेटघाट गरी मध्यपूर्व द्वन्द्वको सम्भावित आर्थिक प्रभावबारे थप जानकारी लिने र भविष्यमा सहयोग कसरी जारी राख्ने भन्ने विषयमा अद्यावधिक मूल्याङ्कन प्रस्तुत गर्ने बताइएको छ।