२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाको राजीनामाबारे निर्णय केन्द्रीय समितिले गर्ने काँग्रेस सहमहामन्त्री राणाको भनाइ



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने बताएका छन्।

शुक्रबार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले सभापतिको राजीनामासम्बन्धी विषय विधानअनुसार केन्द्रीय समितिमा छलफल भएर मात्र निर्णय हुने स्पष्ट पारे। उनले अधिकांश नेता–कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीलाई गगन थापाको आवश्यकता रहेको धारणा राख्दै आएको पनि उल्लेख गरे।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचन परिणामको प्रारम्भिक समीक्षा पनि गरिनेछ। यसका लागि सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्ट माग गरिएको र ती रिपोर्ट प्राप्त भएपछि विस्तृत समीक्षा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

सहमहामन्त्री राणाले भने, “अहिले हामी निर्वाचन परिणामको प्रारम्भिक समीक्षा गर्छौं। हामीले उम्मेदवारहरूको रिपोर्ट मागिसकेका छौँ। रिपोर्ट आएपछि छिट्टै केन्द्रीय समितिको बैठक बसेर विस्तृत रूपमा समीक्षा गर्छौं। सभापतिको राजीनामाबारे केन्द्रीय समितिका साथीहरूले आफ्नो राय राख्नुपर्छ। विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेश हुन्छ। अधिकांश नेता–कार्यकर्ताले अहिलेको परिस्थितिमा नेपाली काँग्रेसमा गगन थापाको आवश्यकता छ, त्यसैले उहाँले राजीनामा दिनुहुन्न भन्ने धारणा पहिलेदेखि नै आइरहेको छ।”

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाउनुभएको राजीनामासम्बन्धी छलफल मुख्य एजेन्डा रहेको जनाइएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै