२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त



अ+ अ-

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गर्नुभएको छ ।

जनकपुर विमानस्थलमा आज आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका उच्च सुरक्षा अधिकारीहरू तथा धनुषाका सुरक्षा प्रमुखलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिनुभयो ।

विभिन्न आशङ्का र चुनौतीबीच ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार र सुरक्षा निकायले खेलेको भूमिका सराहनीय रहेको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।

बैठकमा मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव कमलप्रसाद भट्टराई, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद दाहाललगायत विभिन्न सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।