२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन नभए सरकार छोड्छौं: अशोक राई



अ+ अ-

इलाम । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संशोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए । समाजवादी पार्टी इलाम नगर समायोजन घोषणासभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले चाँडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गर्ने र संविधान संशोधन गर्न तयार नभए तत्काल सरकारबाट फिर्ता हुने बताएका हुन् ।

उनले समुन्नत संघीय समाजवादलाई मार्गदर्शन मानेर पार्टी अघि बढेको बताउँदै पहिचानसहितको संघीयता, सुशासन र सदाचारसहितको शासन व्यवस्था, गरिबी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको बताए । उनले भन्ने, ‘अहिलेको संविधानले सबैलाई समेट्न सकेको छैन त्यसैले संशोधन गरेर सबैलाई स्वीकार्य बनाउन सरकारमा गएका थियौं अब पनि संविधान संशोधन भएन भने सरकारबाट बाहिरिन्छौं ।’

नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको भन्दै उनले राजनीतिक क्रान्ति अझै अधुरो रहेको बताए । राईले राजनीतिक क्रान्तिको कार्यभार समाजवादी पार्टीले पूरा गर्ने दाबीसमेत गरे । फरक प्रसंगमा वरिष्ठ नेता राईले नेकपाको अहिलेको शक्ति सधैं कायम नरहने बताए । ‘नेपालमा राणाहरूले पनि सधैं राज गर्छु भन्ने ठानेका थिए, पछि राजाले पनि त्यही सोचेको थियो तर उनीको हालत के भयो सबैलाई थाहा छ,’ उनले भने । राजधानी दैनिकबाट