५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुदायबीचको विवाद चर्किन नदिन कपिलवस्तुमा निषेधाज्ञा



अ+ अ-

काठमाडौं । कपिलवस्तुको महाराजगंजमा स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार महाराजगन्जको वडा नं २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि निषेधाज्ञा जारी गर्नुपर्ने अबस्था आएको हो । प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।