२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सत्ता बहिर्गमन अघिको तीर्थाटन



प्रधानमन्त्री सुशीला कार्की शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चनाका क्रममा । तस्बिरः निरञ्जनकुमार साह-रासस
अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीको सत्ताबाट बहिर्गमन अब धेरै दिन बाँकी छैन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई हवाला दिएर मिडियामा आएका कुरा यदि सत्य हुन् भने आगामी हप्ता नै उनी सत्ताबाट बाहिर निस्कने छिन् । किनभने आगामी १३ गते रामनवमीको दिन पारेर रास्वपाका सांसद बालेन शाहले प्रधानमन्त्रीको सपथ लिने पछिल्ला समाचारहरुमा आएको छ । सोही दिन सुशीला कार्की पूर्वप्रधानमन्त्री बन्ने छिन् ।

तर, सत्ताबाट बाहिर जाँदै गर्दा उनले जारी राखेको तीर्थाटन भने जारी नै छ । उनी नेपाली सेनाको हेलिकोप्टरमा देश दौडाहामा निस्किएकी छिन् । कतै मठ मन्दिरमा दर्शन गर्दै त कतै हालै सम्पन्न निर्वाचनमा सहयोग गरेकामा जिल्लाका सुरक्षा निकाय तथा कर्मचारीहरुलाई धन्यवाद दिँदै भ्रमण जारी राखेकी छिन् ।

मुस्ताङ मुक्तिनाथबाट सुरु भएको उनको यो तीर्थाटन जुम्लाको चन्दननाथदेखि हिजो मधेशको मिथिलासम्म पुगेको छ । उनले हिजो मिथिलादेवी जानकीको दर्शन गर्न पुगेकी थिइन् । तर भोलि उनको दर्शन कहाँका लागि तय भएको छ भन्ने बारेमा भने कुनै जानकारी छैन ।

उनी यसरी देश दर्शनमा हिँडको विषयमा सामाजिक सञ्जालमा भने व्यापक आलोचना भएको छ । निर्वाचन सम्पन्न भएपछि अब नयाँ सरकार बन्ने पक्का भएसँगै उनी आफू प्रधानमन्त्री रहेकै समयमा सरकारी सेवा सुविधा एवं सान सौकातमै भ्रमण गर्ने खोजेको भन्दै प्रधानमन्त्री कार्कीको विरोध भएको छ ।

हुन पनि त्यसै अनुसार उनको भ्रमणको तालिका देखिन्छ । एकातिर त्यहाँका स्थानीय समाचारदाताहरुसँग सानो कुराकानी गरेर निर्वाचन सम्पन्न गर्न सहयोग गरेकामा सबैलाई धन्यवाद पनि भन्ने र अर्कातर्फ मठमन्दिर एवं सांस्कृतिक स्थानहरुको भ्रमण पनि गर्ने योजनामा प्रधानमन्त्री रहेको स्पष्टै देखिन्छ ।

आज आफू सत्तामै रहेका बेला सरकारी सेवा सुविधामै परिवारसहित तीर्थाटनमा निस्किएकाले उनको विरोध भएको हो । तर यस विषय उनको आफ्नै तथा सचिवालयका तर्फबाट पनि कुनै प्रतिक्रिया भने आएको छैन ।

गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचन सम्पन्न गरेकामा उनलाई देशवासीले बधाई तथा शुभकामना दिएका थिए । उनले यस्तो कठिन र अप्ठेरो परिस्थितिमा निर्वाचन सम्पन्न गरेकामा सबैको वाहवाही पाएकै हुन् ।

तर उनको त्यो प्रशंसा केही दिन मात्र टिक्न सक्यो । किनभने उनले आफ्ना पिए आदर्श श्रेष्ठलाई नेपाल प्रकृति संरक्षण कोषजस्तो संवेदनशील निकायको प्रमुखका रुपमा जसरी नियुक्त गरिन्, त्यसले उनले निर्वाचन सम्पन्न गर्न सकेको राम्रो कामलाई पनि छायाँमा पार्नेगरी आलोचना सुरु भयो ।

हिजोका दिनमा नेपो बेबीको विरोध र त्यसैको निहुँमा भएको जेनजी आन्दोलन अनि सोही आन्दोलनबाट बनेको सरकारकी प्रधानमन्त्रीले आज आफ्नै स्वकीय सचिवलाई जाँदाजाँदै यसरी गरेको नियुक्तिले उनलाई निकै नै विवादित बनाएको छ । हिजोको जेनजी आन्दोलनको एउटा एजेण्डा आफ्नालाई गरिने नियुक्ति अर्थात् नातावाद कृपावाद पनि थियो ।

आज प्रधानमन्त्री कार्कीले आफ्ना स्वकीय सचिवलाई गरेको यो नियुक्तिले हिजोको आन्दोलनको त्यो एजेण्डालाई पनि फेल खुवाइदिएको छ । किनभने नियुक्त हुने व्यक्ति सो ठाउँका लागि उपयुक्त पात्र होइनन् र त्यसमा उनको कुनै योग्यता र क्षमता पनि पुग्दैन ।