८ असार २०८३, सोमबार
,
Latest
ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते



अ+ अ-

काठमाडौँ। पाल्पामा शनिबार साँझ भएको सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो। माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका–२ खैरेनीका अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते चिदीको उपचारका क्रममा भैरहवा मेडिकल कलेज, रूपन्देहीमा शनिबार राति मृत्यु भएको हो।

दुर्घटनापछि टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।