८ असार २०८३, सोमबार
,
Latest
ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वको तनावका कारण भारतमा इन्धनको मूल्य वृद्धि



अ+ अ-

काठमाडौँ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ ।

तेल मार्केटिङ कम्पनीहरूकाअनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिव २.३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो ।

मध्यपूर्वमा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ । यो नयाँ मूल्य तत्कालै लागू हुने कम्पनीहरूले पुष्टि गरेका छन् ।

औद्योगिक डिजेलको मूल्यमा भएको भारी वृद्धिले उत्पादन (म्यानुफ्याक्चरिङ), ढुवानी (लजिस्टिक) र विद्युत उत्पादन जस्ता विभिन्न क्षेत्रहरूमा प्रतिकूल असर पार्ने देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसले उत्पादन र यातायात लागत बढाउने हुँदा दैनिक उपभोग्य वस्तुहरू समेत महँगो हुनसक्ने सम्भावना छ ।

यद्यपि भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई खासै ठूलो समस्याका रूपमा लिएको छैन । सरकारकाअनुसार देशमा कुल पेट्रोल खरिद गर्ने उपभोक्तामध्ये केवल २ देखि ४ प्रतिशतले मात्र प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव न्युन रहनेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल