८ असार २०८३, सोमबार
,
Latest
कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता श्रेष्ठका दृष्टिमा माओवादीका यी पाँच काम



file
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका साथै जनताको परिवर्तनको आवश्यकता पूरा गर्न अझै पनि मुलुकमा माओवादीको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवशेनलाई सम्बोधन गर्दै उहाँले मुलुकका विभिन्न पाँच समस्या समाधान गर्न माओवादी बलियो हुनुपर्ने बताउनुभयो ।
 
उहाँले उत्पीडित जाति, लिङ्ग, वर्ग, समुदाय र जनताको परिवर्तनका साथै नेपाली कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनको आवश्यकतालाई सम्बोधन गर्ने गरी माओवादी प्रस्तुत हुने बताउनुभयो । राष्ट्रिय आवश्यता पूरा गर्न गम्भीर कमिकमजोरी रहेको उल्लेख गर्दै उहाँले गम्भीर आत्समीक्षा हुनुपर्ने बताउनुभयो ।
 
सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्नु, वैदेशिक हस्तक्षेप हुन नदिनका लागि आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने पहिलो कार्यभार भएको बताउनुभयो । माओवादीले राष्ट्रियताको सन्दर्भमा कोही कसैसँग कहिल्यै नझुक्ने सङ्कल्प गरेको उल्लेख गर्दै नेता श्रेष्ठले अन्य दललाई पनि यही मुद्दामा एकतबद्ध हुन अपिल गर्नुभयो ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख समाजवादी लोकतन्त्र, संविधानको रक्षा, संस्थागत सुदृढीकरण र व्यवहारमा कार्यान्वयनमा जानुपर्ने बताउँदै उहाँले आवश्यकताअनुसार संविधान संशोधन एवं परिस्थितिले माग गरेअनुसार लोकतन्त्रलाई परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो । 

लोकतन्त्रलाई सामाजिक आर्थिक रुपमा जोड्दै शिक्षा, स्वास्थ्य रोजागरीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनतालाई नयाँ जीनव दिँदै सवाजवादको नयाँ अधार तयार गर्नुपर्ने बताउनुभयो । संविधानले समाजवादउन्मुख राज्य र अर्थ व्यवस्थाको परिकल्पना गरेको भन्दै उहाँले त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।
 
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने आवश्यतामा जोड दिँदै उहाँले सेना समायोजन र संविधान निर्माण सम्पन्न भए पनि सत्यनिरुपण र बेपत्ता छानबिनको काम गर्न बाँकी रहेको र यी काम बाँकी राख्दासम्म शान्ति प्रक्रियाले पूर्णता नपाउने बताउनुभयो । “नेपाली जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा भएको छैन, समृद्धिको प्रतिफल आम दुःखी गरिबलाई दिने काम बाँकी छ । गल्ती कमजोरीलाई सच्याउँदै अगाडि जानुपर्छ”, उहाँले भन्नुभयो ।
 
माओवादीका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिँदै समाजवादी क्रान्ति सम्पन्न गर्न नेतृत्वले चिन्तन, सोच र व्यवहार बदल्नुपर्ने बताउनुभयो । माओवादी जनयुद्धले विकास गरेको विकास गरेको ‘प्रचण्ड पथ’ लाई छाडेर नेपाली जनवादी क्रान्ति रनभुल्लमा परेको उल्लेख गर्दै उहाँले प्रचण्ड पथलाई छाड्नु गम्भीर गल्ती भएको बताउनुभयो ।
 
 नेपाली जनताको परिवर्तनका ठूल्ठूलो क्रान्ति गरेको गौरवशाली इतिहास बोकेको पार्टीको नेतृत्वबाट अध्यक्ष दाहालले पछि हट्न नहुनेमा जोड दिँदै उहाँले अध्यक्ष दाहालले पार्टीको जिम्मेवारी छोड्छु भन्न नमिल्ने बताउनुभयो । “स्थापित नेतृत्वलाई हटाएर अर्को नेता बनाउने पूँजीवादी चिन्तन हो”, उहाँले भन्नुभयो, “क्रान्तिको नेतृत्व न उमेरले गर्न सक्छ, न अनुहारले गर्न सक्छ, क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र ? अध्यक्षले छोड्छु भनेर धर पाउनुहुँदैन ।”
 
नेपाली जनताको आवश्यकता पूरा गर्न समाजवादी क्रान्तिको अपरिहार्यता रहेको महसुस गर्दै नेकपा (एमाले)सँग पार्टी एकता गरिएको भए पनि एमाले अध्यक्षले पदको मात्र कुरा गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो । भावनाले पार्टी एकता नहुँदै भन्दै उहाँले क्रान्तिकारी नेतृत्व, विचार र विधि चाहिने बताउनुभयो । क्रन्तिकारी विचार निर्माणका लािग पार्टी बहसमा होमिएको उल्लेख गर्दै उहाँले महाधिवशेनले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने बताउनुभयो ।