८ असार २०८३, सोमबार
,
Latest
कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छः प्रधानमन्त्री (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताउनु भएको छ । 

आईतवार नेकपा (माओवादी केन्द्र) को ८ आँै महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताउनु भएको हो । उहाँले एमसीसी राष्ट्रघाती नभएको र  सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताबिरुद्ध नजाने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो,  म अरु कुरा गर्न आएको थिएँ, एमसीसी राष्ट्रघाती भनिदिए ।  राष्ट्रघाती भन्ने पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्छ । मैले देखेकै छैन । म पनि नेपालको प्रधानमन्त्री हुँ, म नेपालको राष्ट्रको खिलाफमा जाउँला ? म पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला ? एमसीसी नेपालको हीतमा छ । सित्तै आएको पैसा हो यो । यसमा व्यापक छलफल गरेर सहमति भएर हामी पास गराउने छौँ ।’

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गर्नुभयो । उहाँले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताउनु भयो । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैको बिरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ,यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो । गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु, ओलीजीहरुलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे, आफूले त मिल्न पाइन्छ नि ।’

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै अगुवाईमा संविधानसभाको चुनाव भएको स्मरण गराउनु भयो ।