८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकोस जुडोमा टोली च्याम्पियन बने पाम र एमएमएसी



अ+ अ-

काठमाडौँ। नेपाल खेलकुद महासङ्घ (नेकोस) आठौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगितामा बन्दी सहायता नियोग (पाम) र एमएमएसी टोली च्याम्पियन बनेका छन् ।

पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा आज भएको प्रतियोगितामा पामले चार स्वर्ण र एक रजत जित्यो । दुई स्वर्णसाथ बङ्गलादेश क्रिरा शिखा दोस्रो तथा एक स्वर्ण र तीन रजतका साथ दाङ जुडो डोजो तेस्रो भए ।

नेकोसअन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टोली च्याम्पियन बनेको एमएमएसीले छ स्वर्ण, पाँच रजत र आठ कास्य हात पा¥यो । पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित पाम दोस्रो भयो । तेस्रो स्थानको पेल्खिल डोजो क्लब भुटानले तीन स्वर्ण, एक रजत र दुई कास्य प्राप्त ग¥यो । जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजारका दरले नगद पुरस्कार पाए ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बङ्गलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए ।

क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।

प्रतियोगिताको अन्तिम दिन आइतबार जुनियरतर्फ नौ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान खत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बङ्गलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते ।

महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बंगलादेश क्रिराकी फबिहा बुश्रा पहिलो भए ।

विजेतालाई त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा डा रामकृष्ण महर्जन, आयोजक सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । रासस