२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्कोमा चिनियाँ महिला विकास सम्बन्धी तस्बिर प्रदर्शनी शुरु



अ+ अ-

काठमाडौँ। मस्कोमा चीनमा महिला विकासका उपलब्धिहरूलाई उजागर गर्ने एक तस्बिर प्रदर्शनी शुरु भएको छ ।

यस प्रदर्शनीमा चीन र रुसका राजनीतिक, प्राज्ञिक, सञ्चार र व्यावसायिक क्षेत्रका ८ सय भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । रुसस्थित चिनियाँ दुतावासद्वारा संयुक्त रूपमा आयोजित यस प्रदर्शनीमा करिव ४० वटा छानिएका तस्बिरहरू समावेश छन् ।

यी तस्बिरहरूले चिनियाँ महिलाहरूको प्रगतिको कथा र यस क्षेत्रमा चीन–रुस बीचको आदानप्रदान र सहयोगको परिणामहरूलाई देखाउँछन् ।

चिनियाँ राजदुत झाङ हानहुईले सन् २०२६ लाई चीन–रुस रणनीतिक साझेदारीको ३० औं वार्षिकोत्सवको रूपमा मनाइने उल्लेख गर्नुभयो ।

उहाँले यस प्रदर्शनीले ‘शी पावर’ (महिला शक्ति) लाई विश्वव्यापी रूपमा अगाडि बढाउन र दुई देशबीचको मित्रतालाई प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रुस–चीन मैत्री संघकी प्रथम उपाध्यक्ष गालिना कुलिकोभाले प्रदर्शनीमा रहेका महिला अन्तरिक्ष यात्री, विमान डिजाइनर र क्षेत्र कार्यकर्ताहरूका तस्बिरहरूले आफूलाई निकै प्रभावित पारेको बताउनु भयो । उहाँकाअनुसार चीनले महिलाहरूको विकासका लागि अनुकुल वातावरण सिर्जना गरेको छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।