८ असार २०८३, सोमबार
,
Latest
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसापीडित महिलाका लागि न्यायको माग गर्दै राष्ट्रिय महिला आयोगमा नाराबाजी



अ+ अ-

काठमाडौँ । हिंसापीडित महिलाहरूका लागि न्याय सुनिश्चित गर्न माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्।

‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ लगायतका नारासहित पीडित पक्षले विरोध प्रदर्शन गरेका हुन्।

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न तथा खोटाङकी रेश्मिका परियारमाथि भएको बलात्कारपछि हत्या प्रकरणमा संलग्न व्यक्तिलाई कानुनअनुसार कडा सजाय दिन पीडित परिवारले माग गरेका छन्।

यसअघि माइतीघर मण्डला मा धर्ना बस्दा समेत न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।

पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको समाजका सचिव नवराज रोकाले जानकारी दिएका छन्। उनका अनुसार पीडितले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरिएको छ।