१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्टमा मानवअधिकार आयोग



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले अझैपनि आफुले गर्ने काम तथा कम्पनीको बारेमा र तलब तथा सेवा सुविधाका विषयमा राम्रोसँग जानकारी नपाएको गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अध्यगमन विभागमा अनुगमन गर्दा यस्तो गुनासो आएको बताएको हो । आयोगले बुधबार गरेको अनुगमनमा वैदेशिक रोजगारीमा जानेहरुले आफु कुन कामका लागि जान लागेको हो, कम्पनी कस्तो हो, सम्बन्धित देशको भाषा, कानून तथा समस्या पर्दा कसलाई सम्पर्क गर्ने लगायतका विषयमा जानकारी नराखेको पाइएको बताएको छ । त्यस्तै फ्रि भिसा फ्रि टिकट भनिएपनि अझैपनि १० हजार भन्दा बढी रुपैयाँ तिरेर जानुपरेको गुनासो वैदेशिक रोजगारीमा जानेहरुले गरेको पाइएको आयोगका सदस्य सुविप पाठकले बताउनुभयो । उहाँले एयरपोर्टमा भोग्नु परेको समस्याका विषयमा समेत जानकारी लिइएकोले यस सम्बन्धी जानकारी सरकारलाई गराउने बताउनुभयो । आयोगकका निर्देशक मुराहरी खरेलले कामदारहरुले आफुले पाउने तलब बताएपनि त्यस सम्बन्धी सम्झौता पत्र नपाएको बताउनुभयो । उहाँले कतिपय महिला कामदारहरुलाई आफु के काम गर्न जान लागेको हो भन्ने सम्म पनि जानकारी नभएको पाइएको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षा, र काम गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार काम होस भन्ने उद्देश्य सहित आयोगले अनुगमन गरेको उहाँले बताउनुभयो । दोस्रोपटक वैदेशिक रोजगारीमा जानेहरुले केही बढी जानकारी भएको बताएपनि त्यो प्रयाप्त नभएको आयोगको भनाई छ । वैदेशिक रोजगारीमा जानेहरुले सकेसम्म आफुहरुले जानकारी लिएर काम गर्न हिंडेको बताएका छन् ।

अध्यागमन विभागले पनि वैदेशिक रोजगारीमा जानेहरुले राख्नुपर्ने कागजात र काम तथा सम्बन्धीत देशको कानूनका विषयमा राम्रोसँग जानकारी राखे नराखेको विषयमा सोधपुछ गर्दै आएको बताएको छ । विभागका कार्यकारी निर्देशक ईश्वरराज पौडेलले वैदेशिक रोजगारीमा जानेहरुले आफ्नो कागजात आफैसँग नराखेसम्म सुरक्षित हुने अवस्था नरहने बताउनुभयो ।

तर वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मरकुमार भूसालले भने वैदेशिक रोजगारीमा जानेहरुलाई नयाँ तरिकाले ठग्ने प्रवृति बढेको बताउनुभयो । उहाँले पर्यटन भिसामा जान लागेको कागजात अध्यगमन विभागमा देखाउने तर श्रम भिसामा जाने गरेको पाइएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जानेहरु कुनै न कुनै रुपमा ठगिदै आएको बताउँदै यस सम्बन्धी रिपोर्ट छिट्टै सरकारलाई बुझाउने समेत जनाएको छ । अहिले दैनिक १ हजार ५ सय जना वैदेशिक रोजगारीमा जाने गरेका छ ।