२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति ल्याउन पहल गर्छुः एफएनसीसीआई उपाध्यक्षका उम्मेदवार घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनअन्तर्गत वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् ।

सोमबार काठमाडौंमा अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति आवश्यक रहेको उल्लेख गरे । उनले त्यसका लागि निर्णायक पहल गर्ने प्रतिबद्धता जनाउँदै विश्वव्यापीकरणका कारण विकासशील मुलुकतर्फ उक्लिँदै गरेको नेपालमा साना तथा मझौला उद्योग क्षेत्र जोखिममा परेको बताए ।

उनले साना उद्योगको संरक्षणलाई प्राथमिकतामा राख्दै ठूला उद्योग र साना उद्योगीबीच सहकार्यको वातावरण निर्माण गरिने बताए । उत्पादन वृद्धि र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि किसान, सहकारी र उद्योगबीच एकीकृत मूल्य शृंखला विकास गरिने उनको भनाइ छ । साथै, कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पहल गर्ने उनले बताए ।

घिमिरेले पर्यटन क्षेत्रलाई कृषि, शिक्षा र स्वास्थ्यसँग जोडेर एकीकृत विकास मोडेल अघि बढाउने योजना समेत सार्वजनिक गरे । अवैध तथा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्दै करको दायरा विस्तार र पूर्वानुमानयोग्य कर प्रणालीको वकालत गर्ने उनको भनाइ छ ।

युवा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै स्टार्टअपका लागि सुरक्षित र प्रोत्साहनमूलक वातावरण निर्माण गरिने उनले बताए । प्रविधिमा आधारित व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सम्बन्धित निकायसँग सहकार्य गरिने उनको प्रतिबद्धता छ ।

एफएनसीसीआईको आगामी चैत २९ र ३० गते हुने ६०औँ वार्षिक साधारणसभाले अध्यक्षबाहेक अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको चयन गर्नेछ ।




भर्खरै