२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व नम्बर एक बन्न एरिकालाई तमु धी एसाेसिएसन युकेको साथ



अ+ अ-

काठमाडाैँ । नेपाली राष्ट्रिय कराते टोलीकी सदस्य तथा ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एशोसिएशन युकेले आफ्नो सद्भावना दुत नियुक्त गरेको छ ।
त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै एरिकालाई आगामी एक वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

सन् २०२६ को अप्रिलदेखि सन् २०२७ को अप्रिलसम्मका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको तमु धी एशोसिएशन युकेले जनाएको छ । तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्व नम्बर एक बन्नका लागि एरिकालाई तमु धी एसोसिएसन युकेले सहयोग गर्ने भएको छ ।

सम्झौताअनुरूप विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते महासंघ (एकेएफ) का आधारिक प्रतियोगिता खेल्न तमु धी एशोसिएशन युकेले टिकट, आवश्यक खेल सामग्री, दुई जोडी ट्य्राकसुट र हरेक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ । एरिकाले भने तमु धी एशोसिएशन युकेको लोगो अंकित दोपक र ट्य्राक सुट लगाएर प्रतियोगिता खेल्ने भएकी छन् । नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एशियाली खेलकुदमा राज्यको लगानी हुने भएकाले त्यसमा सहयोग नलिने स्पष्ट पारे ।

साथै, डब्लुकेएफ र एकेएफअन्तर्गतका प्रमुख प्रतियोगिताहरूमा उनको सहभागिता सुनिश्चित गरिनेछ । एरिकाले सन् २०२६ र ०२७ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कराते प्रिमियर लिग, एशियन च्याम्पियनसिप, विश्व सितोरियो कराते च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगिताहरूमा प्रतिष्पर्धा गर्ने भएकी छन् ।

कार्यक्रममा तमु धी एशोसिएशन युकेका उपाध्यक्ष कमल गुरुङले संस्थाले विगतदेखि नै देशको खेलकुद, शिक्षा तथा प्राकृतिक विपद्का बेला सहयोग गर्दै आएको उल्लेख गर्दै विश्वस्तरमा सफलता दिलाउन सक्ने प्रतिभाशाली खेलाडीलाई सहयोग गर्न आफ्नो संस्था सदैव अगाडि रहेको बताए । उनले एरिका गुरुङजस्ता सक्षम खेलाडीलाई साथ दिन पाउनु संस्थाका लागि गर्वको विषय भएको धारणा व्यक्त गरे ।

सद्भावना दूत नियुक्त भएपछि एरिका गुरुङले विश्व कराते महासंघ (डब्लुकेएफ) वरीयतामा शीर्ष स्थानमा पुग्ने आफ्नो लक्ष्य रहेको बताइन् । तमु धी यूकेको साथ र सहयोगले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै उनले आगामी प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरिन् ।

महासंघका अध्यक्ष दावा गुरुङ यस किसिमको सहयोगले अन्य खेलाडीलाई पनि सहयोग मिल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका दौरान आत्मबल मिल्ने आशा व्यक्त गरे । यसले अन्य खेलाडीका लागि पनि प्रेरणा मिल्ने उनको विश्वास छ । नेपाली करातेको इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी एरिका गुरुङलाई यो नियुक्तिले अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुग्न मद्दत गर्ने विश्वास गरिएको छ ।