२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौँ आगमन भएका निज थाई नागरिक थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो ।”

नियन्त्रणमा लिइएका निज थाई नागरिक थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो । रासस




भर्खरै