१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न १५ करोड विनियोजित



अ+ अ-

झापा । झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले जानकारी दिनुभयो । पन्ध्र स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकामा रु दुई करोड बजेट विनियोजन भएको छ । उहाँका अनुसार जिल्लाका १३ पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी रहेको छ ।

गौरादहको गौरादह पोखरी पर्यटकीयस्थलमा रु एक करोड ५० लाख, कमलधाप सिमसार पर्यटन पूर्वाधारमा रु एक करोड, कनकाई–८ मा वनभोजस्थलमा रु ८० लाख, अर्जुनधाराको सुखानी शहीद स्मृति पार्क निर्माणमा रु ५० लाख, शिवसताक्षी दोमुखाको बहुसांस्कृतिक उद्यान निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी भद्रपुर–१ को दियालो पर्यावरणीय तथा पर्यटकीय सिमसार क्षेत्रमा रु ४० लाख, मेचीनगर ११ र १२ रहेको कालिका सिमसार तथा पर्यापर्यटन विकासमा रु ५० लाख, कचनकवल–७ बनियानीमा रहेको वाल उद्यान पार्कमा रु ५० लाख, अर्जुनधारा–१ मा रहेको हलुवागढ सिमसार तथा पर्यापर्यटन विकासमा रु ५० लाख, दमकको आलेख पार्क निर्माणमा रु ५० लाख रकम विनियोजन गरिएको छ ।

कमल गाउँपालिका–५ स्थित आदिवासी जनजाति स्मृति उद्यानमा रु २० लाख, गौरादह–५ मा रहेको मदन भण्डारी उद्यानमा रु ५० लाख, दमक नगरपालिका–२ मा रहेको शहीद उद्यानमा रु १० लाख, हल्दिवारी–५ मा रहेको सोडागन्धी सिमसार पर्यटन प्रवद्र्धनमा रु १५ लाख, बिर्तामोड १० मा रहेको मधुपोखरी पर्यटन क्षेत्रको विकासमा रु २० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ । उहाँले सिमसार संरक्षण तथा पर्यापर्यटन, धार्मिक तथा पर्यटकीयस्थल पूर्वाधार निर्माण, कछुवा संरक्षण तथा दृष्य अवलोकन केन्द्र निर्माणसहित विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।