१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा ट्रकको ठक्करबाट युवकको मृत्यु



अ+ अ-

काठमाडाैँ । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना६ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेस प्रदेश ०३–०२९प५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक सप्तरीको सुरुङ्गा–१ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




भर्खरै