१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इट्टाभट्टा पीडितको आन्दोलन



अ+ अ-

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित इट्टा उद्योगहरु हटाउन भन्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले इट्टा भट्टाका कारण आफुहरुको स्वास्थ्यमा गम्भिर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इट्टा भट्टा हटाउनुपर्ने माग गदैं सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको बताएका हुन् । इट्टा भट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलिय बैठकद्धारा चन्द्रागिरी नगरपालिका भित्रका सम्पूर्ण इट्टा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरेपनि अहिले सम्म नहटेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले इट्टा उद्योगको विरोध नभई त्यसबाट स्थानीयहरुको स्वास्थ्यमा पारेको असरको विरोध भएको समेत बताउनुभयो ।

संयोजक घिमिरेले नगरपालिकाले इट्टा उद्योग बन्द गर्न चासो नदेखाएको आरोप समेत लगाउनुभयो । उहाँले इट्टा उद्योगका कारण त्यस क्षेत्रको वातावरण समेत विग्रिएको बताउनुभयो । चन्दागिरी नगरपालिका भित्र १४ वटा इट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् ।