२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन



अ+ अ-

क्यानबेरा। अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार सङ्घीय कानूनअन्तर्गत जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या दुई हजार १७५ पुगेको छ, जुन सन् २००० यता चौवन्न प्रतिशतले बढेको हो । सन् २०२५ मा मात्र ३९ नयाँ प्रजातिहरू थपिएका छन् ।

त्यस्तै, अष्ट्रेलियाको समुद्री सतहको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च स्तरमा पुगेको पाइएको छ । उपग्रहबाट निगरानी गरिएका अधिकांश प्रवालभित्ति क्षेत्रमा तापीय तनाव अत्यधिक बढेको छ, जसका कारण ठूलो स्तरको प्रवाल क्षयको घटना दोहोरिएको छ ।

प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ताले जनाएअनुसार, बढ्दो समुद्री तापक्रमका कारण समुद्री जीवजन्तु र वातावरणले ठूलो क्षति भोगिरहेका छन् । यस्ता घटना पहिले दुर्लभ भए पनि अहिले बारम्बार हुन थालेका छन् ।

प्रतिवेदनले सन् २००० यता जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या औसत ५९ प्रतिशतले घटेको यो पनि देखाएको छ । विशेषगरी सर्प र भ्यागुताका प्रजातिहरूमा उल्लेखनीय गिरावट आएको छ । (रासस/सिन्ह्वा)