१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले विद्यालय पुनर्निर्माण गर्न नेपाललाई १० करोड दिने



अ+ अ-

काठमाडौं । जापान सरकारले सिन्धुपाल्चोकका विद्यालय पुनर्निर्माण गर्नका लागि आर्थिक सहायतास्वरूप थप १० करोड रुपैयाँ नेपाललाई दिने भएको छ। नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख योजो योशिओकाले सहायता उपलब्ध गर्नेसम्बन्धी सम्झौतामा मङ्गालबार हस्ताक्षर गर्नुभएको हो।

जापानले दोस्रोचरणको विद्यालय पुनर्निर्माण कार्यक्रमअन्र्तगत थप ८ लाख ६० हजार ८ सय ८ अमेरिकी डलर (करिब ९ करोड ७० लाख ५२ हजार रुपैयाँ) दिने सहमति गरेको हो। चाइल्ड फण्ड जापानले उक्त सहयोग रकम स्थानीय एनजीओ ग्रामीण महिला सिर्जनशील परिवारसँगको सहकार्यमा सञ्चालन गरिने परियोजनामा खर्च गर्नेछ।

सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि जापानी दूतावासका उपनियोग प्रमुख योशिओकाले सहायताले सिन्धुपाल्चोकका सार्वजनिक विद्यालयको स्तर वृद्धि गर्न सघाउने आशा व्यक्त गर्नुभयो। त्यसैगरी उनले यो परियोजनाले स्थानीय बासिन्दालाई विद्यालय पुनर्निर्माणका लागि थप आत्मविश्वास प्रदान गर्नुका साथै दुई देशबीचको नागरिक सम्बन्ध थप बलियो बनाउन सहयोग पुर्यातउने विश्वास व्यक्त गरे।