१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो



अ+ अ-

काठमाडौं । दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ । नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले बताउनुभयो । राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र छ भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उहाँले बताउनुभयो । ‘गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेका छन् । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा होइन यो राष्ट्रको पहिचान हो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उहाँले असन्तुष्टि समेत जनाउनुभयो । झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन् । ५ वटा कुनाको भ्यालु के हो त्यो पनि कसैर्लाइ थाहा छैन्’, उहाँले भन्नुभयो, ‘झण्डा बोक्नु ठूलो कुरा होइन् । यसको मान, सम्मान र आचारसंहित बुझ्नु जरुरी छ ।’

सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।