२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ सदस्य केसीद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्यका रूपमा निर्वाचित अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन्।

शीतल निवासमा बिहान ११ः१५ बजे आयोजित समारोहमा ७८ वर्षीय केसीले सपथ लिएका हुन्। समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित केसी संसद्को ज्येष्ठ सदस्यका रूपमा अगाडि आएका छन्।

सपथसँगै नयाँ प्रतिनिधिसभाको प्रारम्भिक प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ। अब केसीले चैत १२ गते प्रतिनिधिसभाका २७४ सांसदलाई पद तथा गोपनीयताको सपथ गराउनेछन्। सभामुख चयन नभएसम्म संसद्को बैठक सञ्चालन गर्ने जिम्मेवारी समेत उनकै काँधमा रहनेछ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेका छन्। आजको घटनासँगै नयाँ संसद् सक्रिय हुने प्रक्रियाले गति लिएको छ, जसले आगामी सरकार गठन तथा संसदीय गतिविधिलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।