१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलएलबी तहको प्रवेश परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । राजधानीको प्रदर्शनिमार्गस्थित नेपाल ल क्याम्पसले एलएलबी तहको प्रवेश परीक्षा स्थगित गरेको छ। सोमबार क्याम्पसले सूचना जारी गर्दै पुस ५ गते (शनिबार) हुने भनिएको प्रवेश परीक्षा स्थगित गरेको हो।

डिन कार्यालयको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको क्यामपसले जनाएको छ।

गत मंसिर ९ गतेको सूचनाअनुसार क्याम्पसले गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएको भन्दै तीन सय विद्यार्थी मात्रै भर्ना लिने निर्णय लिएको थियो। क्याम्पसले कोटा निर्धारण गरेकोप्रति विद्यार्थीले चर्को विरोध गरेका थिए।

विद्यार्थीले विरोध गरेसँगै क्याम्पसले प्रवेश परीक्षा नै स्थगित गरेको छ। गत वर्ष नै ल क्याम्पसमा कोटा निर्धारण गरिए पनि लागू भएको थिएन। आठ सय जना विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिए पनि विद्यार्थी संगठनहरूले उत्तरपुस्तिका नै च्यातिदिएपछि प्रवेश परीक्षाविनै भर्ना लिइएको थियो।