काठमाडौं । उज्यालो नेपाल पार्टीले मुलुकलाई समृद्धिको बाटोमा लैजान सडकबाटै आम जनताको सरकार सञ्चालन गर्ने बताएको छ।

बुधवार काठमाडौंमा आयोजित वागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष घिसिङले राष्ट्रियता, समृद्धि र विद्यमान समस्याको समाधानका लागि आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् । उनले सरकारलाई निरन्तर खबरदारी गर्दै राम्रा कामको समर्थन र खराब कामको विरोध गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
अध्यक्ष घिसिङका अनुसार उज्यालो नेपाल पार्टी जनताको घरदैलोमा पुग्ने तयारीमा छ। सातै प्रदेशमा अगुवा भेला आयोजना गर्ने, त्यसपछि जिल्ला, पालिका हुँदै वडा तहसम्म संगठन विस्तार गर्ने योजना पार्टीले बनाएको उनले जानकारी दिए।
उनले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई सशक्त शक्तिका रूपमा स्थापित गर्ने दाबी गर्दै जनताको बीचमा पुगेर संगठन मजबुत बनाउने अभियान अघि बढाइने बताए ।
कार्यक्रममा अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा पर्याप्त समय अभावका कारण पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष समेत प्रस्तुत गरे ।
न्यूजपोलार
११ चैत्र २०८२, बुधबार १३:३९
न्यूजपोलार
११ चैत्र २०८२, बुधबार १३:३९
११ चैत्र २०८२, बुधबार १३:३९










