२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्



फाइल फोटो
अ+ अ-

काठमाडौं । चितवन जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् ।

कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका हुन् ।

रत्ननगरको पिठूवास्थित नवदुर्गा इँटा उद्योग र राप्तीको चैनपुरस्थित अनमोल इँटा उद्योग पुनः सञ्चालनमा आएका हुन । विसं २०४० तिरबाट जिल्लामा व्यावसायिक इँटा उत्पादन थालिएको जनाइएको छ ।

उनले भने, “कुनै बेला जिल्लामा ४० वटासम्म इँटा उद्योग थिए ।” कोभिडपछि बन्द भएका उद्योगमध्ये गत वर्ष नवदुर्गा र यस वर्ष अनमोल पुनः सञ्चालनमा आएको हो । अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट यहाँ आउने इँटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र जनशक्तिको अभावलगायतका कारण उद्योग बन्द भएका हुन् ।

उनले भने, “बाँकी उद्योग कतिपयले भाडाको जग्गा सम्याएर छाडेका छन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिरे । अब उद्योग खुल्दैन ।” अहिले पूर्वबाट आउने इँटाको भरमा यहाँ भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् ।