५ असार २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।

बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुने समेत जानकारी दिनुभयो ।

कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ ।

उहाँले बैठकले पार्टीको केन्द्रीय महाधिवेशन अगामी असोज १६,१७, १८ र १९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको १५औँ महाधिवेशनको मिति पारित भयो । महाधिवेशनको प्रक्रिया चैत २१ गतेबाट शुरु गर्छौं । महाधिवेशनको फाइनल अगामी असोज १६,१७,१८ र १९ मा हुन्छ । बाँकी निर्णयहरुबारे भोलि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

बैठकले सरकार निर्माणको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रुपमा बधाई एवं शुभकामना दिएको बताउनुभयो । बैठकका बाँकी निर्णयहरु बिहीवार पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै