५ असार २०८३, शुक्रबार
,
Latest
सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी दिवंगत सुरक्षा प्रमुख लारिजानीको उत्तराधिकारीमा बाघेर जोल्घादर



अ+ अ-

तेहरान। इजरायली आक्रमणमा इरानी अनुभवी सुरक्षा प्रमुख अली लारिजानी मारिएपछि इरानले मङ्गलबार उहाँको उत्तराधिकारी चयन गरेको छ।

रिभोलुसनरी गाड्र्सका पूर्व कमान्डर मोहम्मद बाघेर जोल्घादरलाई इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको प्रमुख अर्थात् लारीजानीको उत्तराधिकारी नियुक्त गरिएको हो ।

बाघेर जोल्घादर इस्लामिक धर्म र विचारप्रति प्रतिवद्ध सेनाका प्रखर पूर्व डेपुटी कमान्डर–इन–चिफ हुनुहुन्छ । उहाँले गृह र न्याय मन्त्रालयमा पनि वरिष्ठ पद सम्हालिसक्नुभएको छ।

लारीजानी गत हप्ता इजरायली हमलामा मारिनुभएको थियो । उहाँ गैर–धार्मिक क्षेत्रबाट इरानी राजनीतिमा पुगेका वर्तमान् नेतृत्वको उच्च पदस्थ व्यक्तित्वहरूमध्ये एक मानिनुहुन्थ्यो । उहाँलाई संयुक्त राज्य अमेरिकासँगको कुनै पनि वार्ताको निर्णयमा केन्द्रीय व्यक्तिका रूपमा लिइन्थ्यो ।

जोल्घादरको सेवा रिभोलुसनरी गाड्र्समा अन्तर्निहित छ, जसको घोषित उद्देश्य इस्लामिक क्रान्तिलाई आन्तरिक र बाह्य खतराबाट जोगाउनु हो।

सन् १९८० को दशकमा सद्दाम हुसेनको इराकविरुद्धको युद्धमा सेवा गरेपछि, जोल्घादर आठ वर्षसम्म गाड्र्स ज्वाइन्ट स्टाफको प्रमुख हुनुहुन्थ्यो र त्यसपछि अर्को आठ वर्षसम्म गाड्र्सको डेपुटी कमान्डर–इन–चिफको रूपमा काम गर्नुभएको थियो ।

सन् २००५ मा उहाँ तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादको सरकारमा सुरक्षा र प्रहरीका लागि उप आन्तरिक मन्त्री नियुक्त हुनुभएको थियो । त्यस समयमा इरानी राजनीतिमा गाड्र्सको प्रभाव बढाउने व्यक्तिका रूपमा उहाँलाई हेरिन्छ ।

सन् २०२३ देखि उहाँ ‘एक्सपेडियन्सी काउन्सिल’का सचिव रहनुभएकोृ थियो । यो इराननमा एक शक्तिशाली निकाय हो जसले इरानका विभिन्न शक्ति संरचनाहरू र सर्वोच्च नेताबीच सल्लाहकार र मध्यस्थताको भूमिका खेल्छ।

तर, पूर्व सर्वोच्च नेता अली खामेनीको हत्या र उहाँका उत्तराधिकारी घोषित छोरा मोजतबा इरानी राजनीतिमा खुलारूपमा नदेखिएको अवस्थामा तेहरानको वर्तमान नेतृत्व संरचना अझै अस्पष्ट छ ।

जोल्घाडरलाई औपचारिक रूपमा राष्ट्रपति मसुद पेजेस्कियनले नियुक्त गरेका छन् तर राष्ट्रपतिका उप सञ्चार निर्देशक मेहदी ताबाताबाईले एक्समा लेख्नुभयो, “मनोनयनलाई मोजतबा खामेनीले अनुमोदन गर्नुभएको थियो । रासस




भर्खरै