२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका सांसदद्वारा पशुपतिनाथमा दर्शन, हिन्दु राष्ट्र स्थापनाको दोहोर्‍याए अठोट



अ+ अ-

काठमाडौं । नयाँ संसद्को शपथ ग्रहणको पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले धार्मिक आस्थामा आधारित दर्शन गरेका छन्। बिहीवार बिहान राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका छन्।

दर्शनपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै नेता शाहीले भने, “हामी यहाँ भगवान् पशुपतिनाथको दर्शन र प्रार्थनाका लागि आएका हौँ, ताकि जानेर वा नजानेर कुनै गलत काम नगरौं।” उनले आगामी दिनमा संसद्को माध्यमबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने आफ्नो अठोट पनि दोहोर्‍याए।

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। यसै एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद् प्रवेशअघि धार्मिक स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।




भर्खरै