२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै



फाइल फोटो
अ+ अ-

काठमाडौं । पर्वतमा चैते धान रोपाइँ हुने क्षेत्रफल बर्सेनि घट्दै गएको छ । कतिपय धानखेती हुने फाँटमा सडक विस्तार र बजार विस्तार हनु, बाँदर आतङ्क, जनशक्ति अभावलगायत कारणले चैते धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको हो ।

चैते धान लगाउन सिँचाइ सुविधा नहुनु तथा युवा जनशक्ति वैदेशिक रोजगारी, शिक्षालगायत कारणले बाहिरिनुले पनि धानखेती हुने क्षेत्रफल घट्दै गएको जिल्लास्थित कृषि विकास कार्यलयले जनाएको छ ।

कार्यलयका अर्थविज्ञ प्रकाश चौधरीले सिँचाइ अभाव, जनशक्ति नहुनु, मल र बीउको अभाव, मौसमी परिवर्तनलगायत कारणले यसप्रति किसानको आकर्षण घट्नाले पनि रोपाइँ हुने क्षेत्रफल घट्दै गएको बताए  ।

“जिल्लामा सबैभन्दा बढी चैतेधान खेती हुनेमा पैँयू गाउँपालिकाको हटिया, अर्थुनलगायत स्थानमा गाउँपालिकाको केन्द्र स्थापना भई बजार विस्तार भएपछि रोपाइँ हुन छाडेको छ”, उनले भने ।

यसैगरी विहादी गाउँपालिकाको बर्राचौर फाँटमा पनि कालीगण्डकी लोकमार्ग निर्माण तथा बजार विस्तार हुनाले धान रोपाइँ हुने फाँटमा अहिले घर निर्माण हुन थालेका अर्थविज्ञ चौधरीले बताए  ।

फलेवास नगरपालिकाको पाङराङमा चैतेधान लगाउने खेत क्रमशः घडेरी बन्दै गएका छन् । उनका अनुसार कुश्माको पाङ, खुर्कोट मोदीको बाजुङ, देउपुरलगायत फाँटहरूमा पनि चैतेधान लगाउन छोडिएको छ ।

चैतेधानको बीउ अभाव, जनशक्तिको अभाव, लगानी भन्दा उत्पादन कम हुनेलगायत कारण खेती गर्न छाडेका कुश्मा नगरपालिका-२ का कृषक वैकुण्ठ शर्माले बताउनुभयो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा चार सय ४० हेक्टर क्षेत्रफलमा गरिएको चैतेधानको खेती चालु आवमा तीन सय ४० हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

कार्यलयका अर्थविज्ञ चौधरीका अनुसार चैतेधान हुने खेतका फाँट क्रमशः बजार क्षेत्रमा परिणत हुनु, जनशक्तिको अभाव, मलर बीउको अभाव, सिँचाइको कमी, बाँदर आतङ्कलगायत समस्याका कारण चैतेधान लगाउने किसानको सङ्ख्या घटेको हो । पर्वतमा ‘चैते-५’ र ‘स्थानीय टकमारे’ जातका धान लगाउने गरिएको उनले जानकारी दिए ।

सङ्घीय सरकारको धान जोन इकाई, गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास कार्यलय र सात स्थानीय सरकारका कृषि विकास शाखाले धान उत्पादनको क्षेत्रमा बर्सेनि बजेट कार्यान्वयन गरिरहेको भएपनि क्रमशः चैतेधान रोपाइँ हुने फाँटको क्षेत्रफल घट्दै गइरहेको अर्थविज्ञ चौधरीले बताए  । उनका अनुसार जिल्लाका बर्खेधान नौ हजार २१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।




भर्खरै