काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिदैछन् ।
शपथका लागि नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा पुगेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
तस्बिर: रत्नकृष्ण श्रेष्ठ, नवीन पौडेल/रासस

















