२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केहि समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताए ।

उनले अहिले सम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै कोहि बेपत्ता हुन सक्ने बताउनु भएको छ । राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको उनले बताए ।

करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको “फेरी टर्मिनल” नम्बर –३ अगाडिबाट साँझ ५ः०० बजे पद्मा नदीमा खसेको जनाइएको छ ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेको थियो ।