२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई



अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताउनुभयो ।

“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेशी बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ । सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौँ । प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौँ”, अध्यक्ष राईले भन्नुभयो ।

सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्‍याउन आफू लागिपर्ने बताउनुभयो ।