२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौंः एमाले सांसद नेम्वाङ



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन गर्ने बताउनुभएको छ ।

बिहीवार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनता र मुलुकको हितमा हुने सबै प्रकारका निर्णयमा सरकारलाई सहयोग गर्ने तथा कमिकमजोरी भए चनात्मक सुझाव दिने बताउनु भयो ।

उहाँले जेनजी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल