२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको मुद्रास्फीति ३.७ प्रतिशतमा झर्‍यो



अ+ अ-

काठमाडौँ। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर फेब्रुअरीमा ३.७ प्रतिशतमा झरेको छ । जसले ३.८ प्रतिशत नै रहने अनुमान गरेका अर्थशास्त्रीहरूको अपेक्षालाई गलत सावित गरिदिएको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार फेब्रुअरीसम्मको एक वर्षमा उपभोक्ता मूल्य सूचकांक ३.७ प्रतिशतले बढेको छ । जुन डिसेम्बर र जनवरीमा रिपोर्ट गरिएको ३.८ प्रतिशतभन्दा कम हो ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले बुधवार बिहान रिपोर्ट गरेअनुसार वित्तीय बजारले मुख्य मुद्रास्फीति लगातार तेस्रो महिना ३.८ प्रतिशतमा रहने अपेक्षा गरेको थियो ।

रिजर्भ बैंक अफ अस्ट्रेलियाले रुचाएको आधारभुत मुद्रास्फीतिको मापन, वार्षिक ट्रिम्ड मीन, फेब्रुअरीमा ३.३ प्रतिशतमा अपरिवर्तित रहेको बताएको छ ।

जुन केन्द्रीय बैंकको २–३ प्रतिशतको लक्ष्य सीमाभन्दा माथि हो । बोर्डले त्यस समयमा मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा मुद्रास्फीतिमा थप चाप पर्ने बताएको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल