२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टका विदेशमन्त्रीद्वारा मध्यपूर्वका चुनौतीहरूलाई सम्बोधन गर्न आग्रह



अ+ अ-

काठमाडौँ। इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले मध्यपूर्वका चुनौतीहरूलाई सम्बोधन गर्न चीनसँग आग्रह गर्नुभएको छ ।

नयाँ प्रशासनिक राजधानीस्थित परराष्ट्र मन्त्रालयको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अब्देलातीले यस क्षेत्रमा चीनको सकारात्मक, सन्तुलित र बुद्धिमानी नीतिहरू माथि प्रशंसा गर्नुभयो ।

यसअघि बुधवार चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्वको अवस्थाबारे छलफल गर्न अब्देलातीसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।

अब्देलातीले द्विपक्षीय सम्बन्धलाई महत्वपूर्ण र निरन्तर विकास भइरहेको बताउँदै दुई देशबीच नियमित उच्चस्तरीय सम्पर्क कायम रहेको उल्लेख गर्नुभयो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल