२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको ‘जय महाकाली’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत



अ+ अ-

काठमाडौं। प्रधानमन्त्रीको शपथको तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनुअघि सार्वजनिक गरेको ‘जय महाकाली’ गीतले युट्युबमा छोटो समयमै नयाँ रेकर्ड कायम गरेको छ ।

चैत १२ गते बिहीबार साँझ रिलिज भएको उक्त गीतले चैत १३ गते शुक्रबार बिहानसम्म आइपुग्दा २३ लाख २४ हजार भन्दा बढी भ्यूज बटुल्न सफल भएको हो। यस्तै २ लाख ९८ हजार भन्दा बढीले युट्युबमा लाईक र ३५ हजार भन्दा बढीले कमेन्ट समेत गरेका छन् ।

यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

उक्त गीत सार्वजनिक भएको मात्र २ घण्टा १२ मिनेटमै १० लाख भ्यूज पार गरेको गीतले पहिलो एक घण्टामै १ लाखभन्दा बढी दर्शक तानेको थियो। करिब ११ घण्टाको अवधिमै २१ लाख भ्यूज नाघ्नु नेपाली युट्युब ट्रेन्डमा दुर्लभ उपलब्धि मानिएको छ ।