२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन नेतृत्वको सरकार गठन तीव्र, रास्वपाबाट वाग्ले–खनाल–गौतम मन्त्री बन्ने निश्चित



अ+ अ-

काठमाडौं । बालेन शाह नेतृत्वमा बन्न लागेको नयाँ सरकारको मन्त्रिपरिषद् गठन प्रक्रिया तीव्र बनेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा पर्ने मन्त्रीहरूको नाम टुंग्याउने चरणमा पुगेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्ले लाई दिने लगभग निश्चित भइसकेको छ भने परराष्ट्र मन्त्रीमा शिशिर खनाल को नाम तय गरिएको छ। यस्तै, कानुन मन्त्रालयको नेतृत्व सोविता गौतम ले सम्हाल्ने गरी सहमति जुटेको बताइएको छ।

यसैबीच सम्भावित मन्त्रीहरूको विस्तारित सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गणेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नाम पनि चर्चामा रहेका छन्। यद्यपि ती नामहरू औपचारिक रूपमा पुष्टि भइसकेका छैनन्।

मन्त्री बन्ने सम्भावित व्यक्तिहरूलाई सभापति लामिछाने, बालेन शाह तथा उनको सचिवालयमार्फत फोन र सन्देश (एसएमएस) पठाई जानकारी दिइसकिएको स्रोतको दाबी छ।
आज दिउँसो करिब साढे १२ बजे बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ ग्रहण गराइने तयारी रहेको छ।




भर्खरै