२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानरपालिका-कृषिमा आत्मनिर्भरता र आयात प्रतिस्थापनः ३६ कृषि उपजमा न्युनतम समर्थन मूल्य



अ+ अ-

काठमाडौं । पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी र योजना अघि सारेको छ ।

मेयर धनराज आचार्यकाअनुसार अहिले पोखरा सयपत्री फूल, बोका–खसी, दूध, अण्डा र तरकारी उत्पादनमा निकै सबल भएको छ र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

महानगरले किसानलाई प्रोत्साहन गर्न ३६ वटा विभिन्न कृषि उपजहरूमा ‘न्युनतम समर्थन मूल्य’ तोकेको छ । यसले गर्दा किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको छ ।

किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्रयाक्टर वितरण गर्ने, उन्नत बीउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले बताए ।

पोखराको यो कृषि मोडल यति सफल भएको छ कि अहिले संघीय कृषि मन्त्रालयका प्रतिनिधिहरू समेत पोखरा आएर यहाँको अभ्यास र किसानलाई दिइएको समर्थन मूल्यको प्रभावकारिताबारे अध्ययन गर्न थालेका छन् ।

उनले भने, “हामीले आयात प्रतिस्थापनका लागि कृषिमा पनि प्रशस्त काम गरेका छौँ । चाहे त्यो सयपत्री फूल, बोका, खसी, दुध, अण्डा, तरकारीको कुरा गर्नुस् । हामी आयात प्रतिस्थापन गर्न हरेक ठाउँमा हामी सवल भएका छौँ । त्यसमा किसानलाई टयाक्टर वितरण गरेर, बीउमा अनुदान दिएर, अरु प्राविधिक सहयाेग गरेर होस् । हामीले ३६ वटा चिजमा किसानलाई समर्थन मूल्य दिएका छाैँ । आज कृषि मन्त्रालय पनि यसकाबारेमा पोखरामा आएर यसको प्राक्टिसबारे सिक्नुपर्ने अवस्था बनाएका छौँ । त्यसोहुनाले चाहे कृषिको कुरा होस्, चाहे स्वास्थ्य वा शिक्षाको कुरा । सबैमा कामगरिएको छ ।”

कृषि क्षेत्रमा गरिएको यो सुधारले पोखराको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै शहरको खाद्य सुरक्षामा पनि ठूलो योगदान पु¥याएको उनको भनाइ छ ।