२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि पत्रकारसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले रास्वपाको नेतृत्वमा सरकार गठन हुँदा आफूलाई गर्वको महसुस भएको र अब वाचा कार्यान्वयतर्फ अघि बढेको बताउनुभयो ।

उहाँले वाचापत्रमार्फत परिवर्तन ल्याउने बाचा नागरिकसँग गरेका स्मरण गर्दै त्यो जिम्मेवारी आफ्नो काँधमा आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो पूरा गर्ने दायित्व र जिम्मेवारी हाम्रो काँधमा रहेको छ, मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पूरा गर्छौँ ।” रासस