२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी



अ+ अ-

काठमाडौं। हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभीसी हाउण्ड्सले विजयी यात्रा जारी राख्दै लगातार छैटौं जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०२-६९ को अन्तरले पराजित गरेको हो । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार खेल जित्दै आएको छ ।

पहिलो क्वाटर सोलोले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर हाउण्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८-१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०-४४ ले अग्रता बनायो ।

हाउण्ड्सले तेस्रो क्वाटर २९-१४ र चौथो क्वाटर २६-११ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो । ९ खेलपछि १५ अंक जोडेर हाउण्ड्स चौथो स्थानमा कायम छ । हाउण्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोलोको भने यो सातौं हार हो । सोलो ९ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ । बिहीबार राति सम्पन्न खेलमा गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई ८७-६२ ले पराजित गरेको छ । गोल्डेनगेटका अजय कुशवाह खेलको म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।