२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखक महाराजगञ्ज प्रहरी गणमा राखिने, आइतबार अदालत पेस गर्ने तयारी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने तयारी गरिएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका ओलीको स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उनलाई सोही गणमा सारिनेछ। लेखकलाई भने यसअघि नै उक्त स्थानमा लगिसकिएको जनाइएको छ।

ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केही समय प्रहरी परिसर भद्रकालीमा राखिएको थियो।

आज शनिबार परेकाले दुवैलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।