२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर घाइते नेपालीको निधन



अ+ अ-

हुम्ला। शुक्रबार दिउँसो भिरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको आज निधन भएको छ ।

शुक्रबार दिउँसो चङ्खेली–४ पाली गएर घर फर्कने क्रममा भिरबाट लडेर घाइते हुनुभएका उहाँलाई थप उपचारका लागि आज नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आज हवाई सेवामार्फत नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो । थप उपचारका लागि नेपालगञ्ज पठाउने अन्तिम प्रयास भइरहेका बेला नेपालीको निधन भएको उहाँले जानकारी दिनुभयो । रासस