२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले आज पनि साँझ परेपछि प्रहरीका दुवै आइजीलाई मन्त्रालयमा बोलाए



फाइल फोटो
अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई गृह मन्त्रालयमा बोलाएका छन् । केही बेरअघि दुवै जना आइजीपी मन्त्रालयमा पुगेका प्रहरी स्रोतले जानकारी दियो ।

हिजो पनि रातिसम्म उनी प्रहरी आइजिपीसँग छलफल गरेका थिए । सो छलफलका क्रममा नै पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान पक्राउ गर्ने रणनीति तय भएको थियो ।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल ,नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर सहभागी हुनुहुन्छ ।

आज पनि उनीहरुबीच साँझ सुरु भएको छलफलमा के कुरा भइरहेको छ भन्ने विषयमा नखुलेको भएपनि ओली लेखक पक्राउ पछिको अवस्थाका साथै अरु पनि केही पक्राउको रणनीति हुनसक्ने अनुमान गरिएको छ ।