२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्यान काभ्रेद्वारा आयोजित प्रथम जापानीज स्पिच प्रतियोगिता सम्पन्न, आकृति पाखृन प्रथम



अ+ अ-

काठमाडाैँ । ‘शब्दबाट संस्कृति, भाषाबाट सम्बन्ध’ भन्ने मूल नारासहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रे शाखाले आयोजना गरेको प्रथम जापानीज स्पिच प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट १२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा आकृति पाखृन (हाचिको जापानीज ल्याङ्ग्वेज स्कुल) प्रथम, नबिना शाही (डिज्नि सि एजुकेशनल कन्सल्टेन्सी) द्वितीय, अमित मोक्तान (हाचिको जापानीज ल्याङ्ग्वेज स्कुल) तृतीय तथा सिजन राई (सक्सेस बीसीइसी) सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

विजेताहरूले क्रमशः रु. ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि इक्यानका केन्द्रीय कार्यवाहक अध्यक्ष बासुदेव दाहालले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सहभागी सबैलाई बधाई दिएका छन्।

त्यस्तै इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले भाषा, कला र जापानी संस्कृतिको समन्वयका रूपमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने बताएका छन्।

कार्यक्रममा इक्यानका सह-कोषाध्यक्ष गोविन्द खनाल, महासचिव भवनाथ हुमागाईंलगायतले मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक सरोज थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव बालकृष्ण न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।




न्यूजपोलारबाट थप समाचार
भर्खरै