३ असार २०८३, बुधबार
,
Latest
सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान व्यवसायीलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख २६ देखि सुरु, विजेतालाई एक लाख रुपैयाँ पुरस्कार



अ+ अ-

काठमाडाैँ । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गतेबाट सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुनका लागि सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ ।

विभिन्न देशका धावक सहभागी हुने प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् । जसका लागि रु ५०० दर्ता शुल्क तोकिएको छ । दश किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ ।

प्रतियोगीताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको अध्यक्ष शाहीले जानकारी दिए।

साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार, चौथो र पाचौँलाई समान रु २०–२० हजार पुरस्कारको व्यवस्थापन गरिएको छ । प्रतियोगितमा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ ।