काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको जनाउनु भएको छ ।
पक्राउ पुर्जी सहित उहाँले सामाजिक संञ्जाल मार्फत खड्का पक्राउ परेको जानकारी गराउनु भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले आज बिहान पूर्वमन्त्री खड्का पक्राउ गरेको थियो ।













