काठमाडौ । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा प्रत्यक्ष उपस्थित गराउने सट्टा ‘अनलाइन भिडियो कन्फरेन्स’ मार्फत पेश गरिने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई भौतिक रूपमा अदालत उपस्थित नगराई डिजिटल माध्यमबाट बयान तथा पेशी प्रक्रिया अघि बढाइने जानकारी दिएको हो। कार्यालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको अनुमति अनुसार भिडियो कन्फरेन्समार्फत उपस्थित गराउने तयारी गरिएको छ।
शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन् ।
न्यूजपोलार
१५ चैत्र २०८२, आईतवार १२:१६
न्यूजपोलार
१५ चैत्र २०८२, आईतवार १२:१६
१५ चैत्र २०८२, आईतवार १२:१६











