२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात



अ+ अ-

काठमाडाैँ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताउनुभयो । चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । रू चार अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ । रू चार अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

रू तीन अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने रू दुई अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । रू एक अर्ब ५८ करोड मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ । चालु आवको पाँच महिनामा रू पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्यका वस्तु तथा सामान भित्रिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने रू पाँच अर्ब ३६ करोड ५५ करोड मूल्यपर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।